प्लाष्टिक र ‘प्रिन्ट पेपर’ मुक्त नगरमा जुटे मेचीनगरका महिलाहरु

A notice in Nepali from Mechinagar Ward No. 10

२६ मंसिर, मेचीनगर : स्वच्छ खानेकुरा सर्वसाधारणको स्वस्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले यसमा गम्भीर बन्न मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले सवैमा आग्रह गर्नुभएको छ ।

‘स्वच्छ सन्तुलित आहार, स्वस्थ्य जीवनको आधार’ भन्ने नारासहित सोमबार झापाको काँकरभिट्टामा आयोजित उपभोक्ता भेला तथा सरोकारवाला सचेतना कार्यक्रमको उद्घाटनका क्रममा बोल्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख उप्रेतीले त्यसमा पनि तरकारी नियमित प्रयोग हुने खानेकुरा भएकाले पनि यसको संवेदनशीलता बढेर गएको विचार राख्नुभयो ।

बाहिरबाट आउने तरकारीमा विषादी परीक्षण नहुने हो भने उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्ने निश्चित भएकाले चिन्ता समेत व्यक्त गर्नुभयो । विषादीको असर मानवस्वास्थ्यमा मात्र सीमित नभएर पर्यावरणमा पनि नराम्रो असर पार्ने उहाँको भनाई थियो । पछिल्लो समय विषादी प्रयोगकै कारण विभिन्न कीट, विरुवा तथा जनावर दुर्लभ बन्दै गएका भन्दैं उहाँले पर्यावरण जोगाउन पनि विषादीको प्रयोग नियन्त्रण गर्नुपर्ने उहाँको सुझाव छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख नारायणप्रसाद भट्टराईले बिषादी खानेकुरा र प्रिन्टेट कागत तथा प्लाष्टिकजन्य वस्तुले मानव स्वास्थ्यमा पार्ने असरका बारेमा चर्चा गर्नुभयो । विषादी प्रयोगको तरिका नजान्दा र सुरक्षाको उपायहरु नअपनाउँदा कृषक आफै समस्यामा पर्ने उहाँको भनाई थियो । सही प्रयोग र व्यवस्थापन हुन नसक्दा प्लाष्टिक जल, जमिन, जीवजन्तुदेखि मानव स्वास्थ्यलाई असर पुर्याउने एक प्रमूख कारक बनेको बताईएको छ । प्लाष्टिक जलाउँदा कार्बनमोनोअक्साईड, डाइओक्सिन, प्यूरान र बेन्जिन जस्ता हानीकारक ग्यास निस्कन्छ र यसले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपले असर पुर्याउछ ।

प्लाष्टिक वा पोलिथिन डढाउँदा गृहिणी तथा गर्भवती महिला र भान्सामा खटिरहने व्यक्तिको श्वासप्रश्वासमा प्रत्यक्ष असर पारिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । प्लाष्टिक जलाएर हुने असर एक गाँउ वा ठाँउलाई मात्रै पर्ने होइन, यसले त देशको पनि सीमा नाघेर विश्वव्यापी असर पारिरहेको छ । त्यसैले यो एउटा चुनौतीकै रुपमा खडा भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर आयोजक र महिला जनचेतना केन्द्र काँकरभिट्टा सहआयोजक रहेको कार्यक्रको औचित्यमाथि प्रकाश केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधानले पार्नुभएको थियो ।

सोहि कार्यक्रममा मेचीनगरका समग्र महिलाहरुकातर्फबाट नगर उपप्रमुख उप्रेतीलाई सम्मान समेत गरिएको थियो ।

महिलाहरुको हक, हित अधिकार उनीहरुलाई आत्मनिर्भर बनाउन विभिनन खाले चेतनामुलक कार्यक्रम आयोजनका लागि उल्लेखिय भूमिका निर्वाह गरेको भन्दैं महिला जनचेतना केन्द्र काँकरभिट्टाकी अध्यक्ष सीता गुरुङ, संस्थापक अध्यक्ष प्रधानलगायतले नगरका सम्पूर्ण महिलाहरुकातर्फबाट उपप्रमुख उप्रेतीलाई दोसल्ला सहित स्वागत तथा सम्मान गर्नुभएको थियो ।

केन्द्रकी महासचिव भुवन सुब्बाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल स्काउटका शिवकुमार पौडेल, रेजिना प्रधानलगायतले बिषादी खानेकुरा र प्रिन्टेट कागत तथा प्लाष्टिकजन्य वस्तुले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा धारणा राख्नुभएको थियो । कार्यक्रममा विभिन्न महिला संघ संस्था, सामूदायिक वन, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.