कात्तिक महिनामा मेची भन्सारले गर्यो एक अर्बबढी राजस्व संकलन

A notice in Nepali from Mechinagar Ward No. 10
तिहार र छठ लक्षित बजारमा बिक्रीका लागि राखिएका विभिन्न प्रकारका भाइ मसला तथा सुक्खा फलफूल

लक्ष्मी उप्रेती

८ मंसिर, मेचीनगर : चाडपर्वका अवसरमा पूर्वी काँकरभिट्टा नाकामा व्यवसायीहरुको बाक्लो चहलपहलपछि आयात निर्यातमा समेत बृद्धिसँगै मेची भन्सार कार्यालय काँकरभिट्टाको कात्तिक महिनाको राजस्व संकलनमा समेत बृद्धि भएको छ ।

कार्यालयका अनुसार कात्तिक महिनामा एक अर्ब ३५ करोड १३ लाख ९६ हजार रुपैयाँ वा १ सय ९ दशमलव ८७ प्रतिशत राजस्व संकलन भएको छ । त्यो महिना एक अर्ब २३ करोड संकलन गर्ने लक्ष्य थियो । तीन आर्थिक वर्षहरुको मासिक राजस्व लक्ष्य तथा संकलन विवरण हेर्दा गत आर्थिक वर्ष २०८१/०८२ को तुलनामा १५ दशमलव ५९ प्रतिशत राजस्व संकलन बृद्धि भएको कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत माङकाल राईले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालको पूर्वीनाका काँकरभिट्टाबाट हुने व्यापार निक्कै ओरालो लागेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । जस्का कारण साउन, भदौ र असोज महिनामा कार्यालयले लक्ष्य अनुसार प्रगति गर्न सकेको थिएन् ।

कार्यालयको तथ्याङ्क शाखाका अनुसार साउन महिनामा एक अर्ब २७ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएपनि एक अर्ब २७ करोड ९८ लाख ३७ हजार वा ८९ दशमलव १९ प्रतिशतमात्र प्रगति गरेको थियो ।
भदौ महिनामा एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार रुपैयाँ वा ९४ दशमलव ७३ प्रतिशतमात्र राजस्व सिमीत रह्यो । जब कि त्यो महिना एक अर्ब ६४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । असोज महिनामा एक अर्ब ८४ लाख ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य भए पनि एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार रुपैयाँ वा ९९ दशमलव ५९ प्रतिशत राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८२–०८३ मा ९३ दशमलव ६४ प्रतिशतमात्र राजस्व संकलन भएको थियो ।

यसरी राजस्वमा धक्का मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर हो’ एकजना सरकारी अधिकारीले बताए । आर्थिक क्रियाकलापमा शिथिलता आउँदा त्यसको असर राजस्व संकलनमा देखिएको उनको भनाई छ ।

पूर्वी नेपालको मुख्य प्रवेशद्वारका रुपमा विक्रम संम्वत २०१३ (इ.सं. १९५६) सालमा स्थापित मेची भन्सार कार्यालय नेपालकै ठूला भन्सार कार्यालयहरुमध्ये एक महत्वपूर्ण कार्यालयको रूपमा परिचित छ । मुख्य भन्सार कार्यालयहरु बीरगञ्ज, भैरहवा, सुख्खा बन्दरगाह, विराटनगर, रसुवा, त्रिभुवन विमानस्थल, नेपालगञ्ज, र तातोपानी पछि राजस्व संकलनको आधारमा नवौं स्थानमा रहेको छ मेची भन्सार कार्यालय ।

राजस्व संकलनका दृष्टिले कोशी प्रदेशमा मेची भन्सार कार्यालय विराटनगर भन्सारपछिको दोस्रो ठूलो भन्सार मानिन्छ । कोशी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक व्यापार विराटनगर भन्सारपछि मेची भन्सार कार्यालय काँकरभिट्टाबाट हुने सरकारी अधिकारीहरुको भनाई छ । भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको पूर्वकै ठूलो भन्सार विन्दु लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल हुँदा देशकै अर्थतन्त्रमा समेत असर पुग्ने अर्थविदहरुको भनाई छ ।

पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको यो नाका भएर भारत, चीन, बंगलादेश, भुटान लगायतका तेस्रो मुलुकहरुबाट समेत मालवस्तु पैठारी र निकासी गरिँदै आएको छ ।
वैदेशिक व्यापार हुने कोशी प्रदेशकै ठूलो मानिएको मेची भन्सार कार्यालय काँकरभिट्टा लक्ष्य भेट्टयाउन असफल हुँदा यसको असर माथि सम्मनै पुग्ने मेची भन्सार एजेण्ट संघका सचिव ‐कृष्णकान्त ) नवराज खनियाँको भनाई छ ।

नेपालले लामो समयदेखि कोलकत्ता बन्दरगाह प्रयोग गर्दै आएकोमा पछिल्लो समय भारतको आन्द्र प्रदेशमा पर्ने विशखा पटनम बन्दरगाह प्रयोग गर्न थालेपछि पनि पूर्वीनाकाबाट व्यापार घटेको व्यवसायीहरुको भनाई छ । विशखा पटनम बन्दरगाहमा ठुल्ठुला जहाजहरु आउँछन् व्यवसायीलाई निक्कै सहज हुन्छ, त्यसले पनि यो नाकाबाट हुने व्यापार क्रमस घट्दै गएको अनुमान गरिएको खनियाँ बताउँछन् ।

काँकरभिट्टानाका हुँदै अत्याधिकमात्रामा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, मट्टितेल, तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका विभिन्न सामाग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्‌ट पेपरलगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

सरकारले सबैभन्दा पहिला निकासी बढाउने र आयातलाई सन्तुलनमा राख्ने बताए पनि मुलुकमा अहिले यसको ठिक उल्टो भएको एकजना अर्थशास्त्रका प्राध्यापक धर्मानन्द शर्माको भनाई छ ।
व्यापार घाटा कम गर्न सरकारले निर्यात बढाउने नीति र योजना बनाएर काम गर्न सक्नुपर्ने उनको सुझाँव छ । निर्यात बढाउने योजनाबद्ध कार्यक्रम नहुँदा मुलुकको अर्थतन्त्र अप्ठयारोमा परेको र सरकार अब तत्कालै गम्भीर भएर नलाग्ने हो भने अन्य मुलुकसँगको पनि व्यापार घाटा बढ्ने उनको बुझाई छ ।
‘निर्यातयोग्य वस्तुको छुट्टाछुट्टै नीति बनाएर वैदेशिक व्यापारलाई सन्तुलनमा राख्ने गर्नुपर्ने पहिलो काम उत्पादन क्षमता वृद्धि गर्नु नै हो ’ उनले भने, —‘मुलुकभित्र वस्तु उत्पादन नगर्दासम्म निर्यात बढाउन सकिँदैन ।’
भारतसँगको निर्यात व्यापारमा अहिलेको मुख्य समस्यामध्ये गैरभन्सार अवरोध पनि भएको व्यवसायीहरुको बुझाई छ । निर्यात सम्भावना बोकेका विभिन्न वस्तुलाई भारत निकासीमा बेला बेलामा हुने अवरोधले समस्या पर्दै आएको उनीहरुको भनाई छ । अदुवा, चिया, वनस्पति घिउ जस्ता निर्यातका सम्भावना बोकेका उत्पादन भारत निकासी गर्न सहज नभएको नाकामा देखिएको अवरोधले प्रष्ट हुने एकजना व्यवसायीको भनाई छ ।
मुलुक कृषि क्षेत्रमा यति धेरै निर्भर हुँदाहँदै पनि यो आर्कषक पेशाको रुपमा आउँन नसकेको भन्दैं कृषि कर्ममा क्रियाशील रामनन्द ठाकुर कृषिलाई आकर्षक पेशाका रुपमा अघि बढाउन सरकारले योजनाबद्ध काम गर्नुपर्ने धारणा राख्छन । परम्परागत उत्पादनलाई व्यावसायिक बनाउने र प्रविधियुक्त बनाउन आवश्यक छ । मुलुकमा परम्परागत रुपमा चल्दै आएको उत्पादनभन्दा पनि उच्च मूल्यका कृषिजन्य उत्पादन बढाउनुपर्ने सुझाव उनको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.