अध्ययन र स्थलगत रिपोर्टिङबिना पत्रकारिता टिक्दैन : बालकृष्ण बस्नेत

रत्नराज्यलक्ष्मी क्याम्पसमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बस्नेतले डिजिटल प्रविधिसँगै कोठामै बसेर समाचार तयार पार्ने प्रवृत्ति बढेको भन्दै स्थलगत तथ्य सङ्खोल्ने र फलोअपको महत्त्वमा जोड दिएका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयमा अन्तरक्रिया दिँदै पूर्वअध्यक्ष बालकृष्ण बस्नेत

📌 मुख्य बुँदाहरू:

  • प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले अध्ययन, तथ्यको खोजी र स्थलगत रिपोर्टिङबिना पत्रकारिता दिगो हुन नसक्ने बताएका छन्।
  • सार्वजनिक सरोकारका विषयलाई एकपटक उठाएर छाड्नुभन्दा त्यसको कानुनी तथा सामाजिक निरुपण नभएसम्म निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिइएको छ।
  • रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूसँग व्यावसायिक अनुभव र पत्रकारिताका चुनौतीबारे छलफल गरिएको थियो।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा अधिवक्ता बालकृष्ण बस्नेतले अध्ययन, तथ्यको खोजी र स्थलगत रिपोर्टिङबिना पत्रकारिता दिगो हुन नसक्ने बताएका छन्। रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सार्वजनिक सरोकारका विषयलाई समाचार बनाएर मात्र नपुग्ने भन्दै त्यसको निरन्तर अनुगमन र फलोअप गर्नुपर्नेमा जोड दिएका हुन्।

डिजिटल प्रविधिको विकाससँगै पछिल्लो समय कोठामै बसेर समाचार तयार पार्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले पत्रकारहरू घटनास्थलमै पुगेर तथ्य सङ्कलन गर्नुपर्ने बताए। सार्वजनिक सरोकारका विषयलाई एकपटक उठाएर छाड्नुभन्दा त्यसको कानुनी तथा सामाजिक निरुपण नभएसम्म निरन्तर खबरदारी गर्नु पत्रकारिताको मुख्य दायित्व भएको उनको भनाइ थियो। पत्रकारिता र अदालती रिपोर्टिङको अनुभव सुनाउँदै उनले पत्रकारिताले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका कामकारबाहीमाथि निगरानी राख्नुपर्ने स्पष्ट पारे।

भाषाको जीवन्तता र समाचारका आधारभूत तत्व

कार्यक्रममा सहायक क्याम्पस प्रमुख गोविन्द आचार्यले नेपाली सञ्चारमाध्यममा भाषाको जीवन्तता र ऊर्जा बढी रहेको उल्लेख गर्दै शब्दहरू ठूला वा साना नभई परिचित र अपरिचित मात्र हुने बताए। उनले कानुन अध्ययनमा कृत्रिम बौद्धिक प्रविधिबाट तयार सामग्रीको मान्यता तथा साहित्यिक चोरी परीक्षणसम्बन्धी विषयमा समेत प्रकाश पारेका थिए।

त्यस्तै, पत्रकारिता विभागका प्रमुख डा जगत नेपालले सूचना र समाचारबीचको भिन्नता स्पष्ट पार्दै समाचारमा सूचनासँगै त्यसको सार्वजनिक महत्त्व र सान्दर्भिकता हुनुपर्ने बताए। समाचार जुनसुकै माध्यमबाट प्रकाशन तथा प्रसारण भए पनि त्यसका आधारभूत तत्वहरू भने कहिल्यै परिवर्तन नहुने उनको भनाइ थियो। उपप्राध्यापकद्वय शान्ताराम बिडारी र प्रमोद टण्डनले पनि पत्रकारिताका सिद्धान्त, वर्तमान अवस्था र आमसञ्चारका विविध पक्षबारे आफ्ना धारणा राखेका थिए। मानविकी सङ्कायअन्तर्गत पत्रकारिता लेखन विषयको प्रयोगात्मक अभ्यास तथा पेसागत चुनौती र सम्भावनाबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.