’पब्लिक स्पिकर’ तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिदै

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, २२ मङ्सिर । झापा मेचीनगरका काँकरभिट्टाका ’पब्लिक स्पिकर’ तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन्। रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन्। तीन वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन्। धरानमा आयोजित बिवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीहरु सहभाग थिए ।

गायनसँगै कुनै विषयमा धाराप्रवाह बोल्न सक्ने रमेश विभिन्न व्यक्तिहरुको क्यारिकेचरसमेत गर्छन्। उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भैरहेको छ। एपीवान टेलिभिजनमा प्रसारित कार्यक्रम पब्लिक स्पिकरका विजेता रमेश प्रसाई, सामाजिक संजालमा समसामयिक विषयमा आफ्ना धारणा राखेर चर्चित बनेका थिए।

रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन्।प्रसाईको विवाहमा ज्ञानेन्द्र शाही,सञ्चारकर्मी रवि लामिछाने पनि आएका थिए । त्यस्तै सक्किगोनि टिमका कलाकारहरुको समेत उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.