लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने

A notice in Nepali from Mechinagar Ward No. 10

सवारी चालक अनुमति पत्र (लाइसेन्स)काे अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम हट्ने भएको छ।

invotech
यसको लागि सर्भरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

‘सेवाग्राहीबाट फारम भर्न कठिन भयो भन्ने गुनासो धेरै आयो त्यसकारण ‘अनलिमिटेड’ बनाउन लागेका हौं,’ हमालले सेतोपाटीसगँ भने।

तयारी पूरा भए बिहीबारबाट अनलिमिटेड बनाउने र त्यो दिन सम्भव नभए आइतबारदेखि गर्ने उनले जानकारी दिए।

यसरी फारम भर्दा एकैपटक धेरैले भरे पनि सिस्टमले वेटिङमा राखेर बायोम्याट्रिकको मिति तोक्ने उनले बताए। यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो।

आवेदन खुला भए पनि कोटा सिस्टम फारम भर्नेको संङ्ख्या अधिक भएकोले अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।
कसरी भर्ने फारम?

विभागका अनुसार सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न सक्नेछन्। अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।

पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने। नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।

त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यसपछि ‘एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ। त्यहाँ ओकेमा क्लिक गर्ने। र, अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फारम भरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.