कोभिड–१९ विरुद्धको खोप उट्घाटन प्रधानमन्त्रीबाट

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाल कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान साढे ९ बजे सुरु हुने भएको छ। खोप अभियानको उट्घाटन प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले आइतबार नियमित पे्रस ब्रिफिङका क्रममा सोबारे जानकारी दिएका हुन्।

खोप अभियान उट्घाटनमा सातै प्रदेशका अस्पतालहरू भर्चुअल माध्यमबाट सरिक हुने कार्यक्रम रहेको छ। अभियानको पहिलो दिन अर्थात् माघ १४ गते ७ वटै प्रदेशका ६२ अस्पताल र १ सय २० वटा खोप केन्द्रबाट खोप दिइनेछ। दोस्रो दिन माघ १८ गते ७७ अ‍ै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिइने जनाइएको छ। पहिलो चरणको खोप अभिायन १० दिनभित्र सम्पन्न गर्ने र ४ लाख ३० हजार जनालाई दिइने लक्ष्य लिइएको स्वास्थ्यमन्त्री त्रिपाठीले बताए।

मन्त्रालयले छिमेकी राष्ट्रबाट अथक प्रयासबाट प्राप्त खोपलाई खेर जान नदिने तयारी गरेको समेत उनले बताए। भारतबाट गत बिहीबार १० लाख डोज नेपालका लागि अनुदान स्वरुप पठाएको हो। खोप अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्टिसच्युट अफ इण्डियाले उत्पादन गरेको ‘कोभिडशिल्ड’ नामक खोप नै भारतले नेपालका लागि दिएको हो। यो खोप यस अघिनै दक्षिण एशियाली अन्य राष्ट्र, युरोप र अमेरिकामा समेत प्रयोग भइसकेकोले खोपको जोखिम कम रहेकोले डर मान्नुपर्ने अवस्था नरहेको त्रिपाठीले बताए।

‘खोप अभियानको पहिलो चरणमा स्वास्थ्यकर्मीै, सफाइ अभियानका कर्मचारी, शव व्यवस्थापक, शव बाहन चालक, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, वृद्धाआश्रममा काम गर्ने कर्मचारी, जेलका कैदीलगायतलाई दिइनेछ। खोप लगाएपछि हुन सक्ने सम्भावित असर भएका व्यक्तिको उपचार व्यवस्थापनको लागि आवश्यक तयारी पूरा गरेको मन्त्रालयले जनाएको छ। पहिलो चरणको खोप नसकँदै अन्य खोप थप जनसंख्याको लागि नेपाल ल्याउने प्रयास भइरहेको मन्त्री त्रिपाठीले बताए।

खोप अभिायनको लागि स्वास्थ्य सेवा बिभाग आपुर्ति महाशाखाले आइतवार नै सातै प्रदेशमा खोप पठाएको छ। दुई वटा रेफि«जेरेटर भ्यान पुर्व र पश्चिम हिंडिसकेका छन्। यी दुइ वटा भ्यानले सवै प्रदेशमा खोप छोड्दै जाने महाशाखाका प्रमुख डा. भिमसिंह तिंकारीले बताए। काभे्र, सिन्धुपाल्चो,धार्दिङ, नुवाकोट,सिन्धुपाल्चोक,रामेछाप, रसुवाको लागि सोमबार पठाइने तयारी भइरहेको महाशाखाले जनाएको छ। मन्त्रालयले सातै प्रदेशका लागि ७ जना कमाण्डर बिभागीय प्रमुखहरू राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेल, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम, डा.बिकास देवकोटा,स्वास्थ्य सेवा बिभागका डा. मदन उपाध्याय, डा. गुणराज लोहनी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.