२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणबाट ३ हजार ३७० र ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ जना गरी ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ६ हजार १५५ जना संक्रमित भएका छन भने ४ लाख ९७ हजार ९६० निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























