पच्छिल्लो २४ घण्टामा ६ हजार २९५ संक्रमण मुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

२९ जेठ, काठमाडौं :  पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५०६ पीसीआर परीक्षणबाट २ हजार ३८२ र ५ हजार ९८८ एन्टिजेन परीक्षणमा १ हजार २ जना गरी ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ६१ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख २६ हजार ५३५ जना संक्रमित भएका छन भने ५ लाख २७ हजार १११ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.