३ असार, मेचीनगर: पछिल्लो २४ घण्टामा २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७११ पीसीआर परीक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ एन्टिजेन परीक्षणमा ८३९ जना गरी २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ४० हजार ४० जना संक्रमित भएका छन भने ५ लाख ४५३ हजार ६६२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























