टेलिकमको मोबाइल नेटवर्कमा देशैभर आज (बुधबार) बिहानैदेखि समस्या, मर्मत कार्य जारी

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज (बुधबार) बिहानैदेखि समस्या आएको छ।

बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको छ।

टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी छ। मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ।

टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन्।

टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.