२ हजार २९४ जना संक्रमण मुक्त : ३ हजार २६० जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

२८ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा २हजार २९४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जनामा संक्रमण देखिएको छ भने ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १५ हजार ४६२ जनाको कोरोना परीक्षण गर्दा ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख २५ हजार ७६९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७२ हजार ८८२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ७७ हजार ३७७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.