३२ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ५६६ संक्रमण देखिएको छ भने ५ हजार ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १५ हजार ६११ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३९ हजार ३७१ रहेकाे छ । त्यस्तै कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ३४ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७६ हजार १५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ८५ हजार १४० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























