२ हजार १२६ जना संक्रमण मुक्त : ३ हजार ७५ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

३ भाद्र, मेचीनगर :  पछिल्लो २४ घण्टामा २ हजार १२६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जनामा संक्रमण देखिएको छ भन ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १६ हजार ४३८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ४२ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७८ हजार ३७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ९१ हजार २९९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.