जिल्ला स्तरीय भर्चुअल वकृत्वकला सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१९ भदौं, काँकरभिट्टा /  झापाको महिला जनचेतना केन्द्रको आयोजनामा  जिल्लाब्यापी खुला भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकोछ । “कोभिड १९ ले बालबालिकाको शैक्षिक क्षेत्रमा परेको असर र वैकल्पिक उपायहरु” विषयक प्रतिपयोगितामा एमिटी मा.वि. विर्तामोडका छात्रा मौनता प्रसाईं प्रथम भएकी छिन् । त्यस्तै लक्ष्मी मा.वि. कचनकवल कि छात्रा ममता राजवंशी दोस्रो हुन सफल भएकी छिन् भने प्रतियोगितमा तेस्रो स्थान अरुणोदय आवासीय मा.वि. काँकरभिट्टा की छात्रा प्रीति खवासले प्राप्त गरेकी छिन् । प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीहरुले क्रमशः २ हजार, १५ सय र १ हजार प्राप्त गरेका छन् । यस प्रतियोगिताका विजेताले प्रदेशस्तरीय प्रतियोगितामा समहेत सहभागिता जनाउन पाउने कुरा प्रतियोगिताका संचालक मणीकुमार लिम्बुले बताउनु भयो ।

प्रतियोतितामा झापाभरिका २० वटा विद्यालयका २७ जाना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकमा संस्थाका अध्यक्ष भूवन सुब्बा र काँकरभिट्टा माध्यमिक विद्यालयका शिक्षक मदन अधिकारी हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन र सहजिकरण काँकरभिट्टा बहुमुखी क्याम्पसका सहायक प्राध्यापक मणीकुमार लिम्बुले गर्नु भएको थियो । कार्यक्रम राष्ट्रिय बाल दिवसको अवसरमा किन्डरमिसनरेक जर्मनीको आर्थिक सहयोग तथा मानव अधिकार मञ्च नेपाल इलामको सहयोगमा सञ्चालन गरिएको संस्थाका संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.