२७ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा ६०९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३६५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६७१ जनाको पीसीआर परीक्षण गर्दा ३२६ जनामा संक्रमण देखिएको छ भन १ हजार ९२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा ३६५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख ३ हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९३ हजार २५६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ७८ हजार ३५० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























