९ कार्तिक, मेचीनगर : पछिल्लो २४ घण्टामा ६२२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६६६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जनामा संक्रमण देखिएको छ भन २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १२ हजार २० जनाको कोरोना परीक्षण गर्दा ६६६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १० हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९४ हजार २१५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ८८ हजार ६३० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


























