अग्रपङ्क्तिमा खटिनेलाई कोभिडविरुद्धको बुस्टरडोज आजबाट

A notice in Nepali from Mechinagar Ward No. 10

२ माघ, काठमाडौँ : सरकारले आजदेखि अग्रपङ्क्तिमा खटिने फ्रन्टलाइनरलाई कोभिडविरुद्धको थप एक बुस्टरडोज दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको हो।

सोही निर्णय अनुसार आजबाट अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई दिन लागिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २८ पुसमा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । सो बैठकले १४ माघ देखि ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई पनि थप एक अतिरिक्त मात्रा डोज दिने निर्णय गरेको थियो ।

अतिरक्ति मात्रा लिनका लागि पूर्ण खोप लिएको ६ महिना पूरा भएको हुनुपर्ने परिवार कल्याण महाशाखाले जनाएको छ। । महाशाखाले अतिरिक्त डोज यसअघि जे खोप लगाइएको हो सोही खोप दिइनेसमेत स्पष्ट परिएको छ ।

बुस्टरडोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।
को को पर्छन् अग्रपंक्तिमा खटिने

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मीहरु, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा शववहान चालक फ्रन्टलाइनरमा पर्दछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, जनपथ प्रहरी, आर्मीको शव व्यवस्थापनमा खटिने, बैंकको क्यास काउन्टरमा खटिने कर्मचारी , सरकारी सेवामा अग्रपङ्क्तिमा खटिने कर्मचारी र स्थानीय पालिकाका जनप्रतिनिधिहरु पनि पर्दछन्।
सरकारले गतवर्ष १४ माघदेखि चैत मसान्तसम्म फ्रन्टलाइनरहरु र ६० वर्ष माथिका नागरिकहरुलाई खोप दिएर नेपालमा खोप अभियान सुरु गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.