८५ जनाको एन्टेजिन परीक्षण गर्दा २६ जनाको परिणाम ‘पोजेटिभ’

A notice in Nepali from Mechinagar Ward No. 10

४ माघ, मेचीनगर : पूर्वी काँकरभिट्टानाका हुदैं नेपाल प्रवेश गर्नेहरुमा दैनिक एन्टिजेन ‘पोजेटिभ’ को संख्या बढिरहेको छ ।  मंगलबार ६१ पूरुष र २४ महिला गरी कुल ८५ जनाको एन्टेजिन परीक्षण गरिएको थियो ।

ती मध्ये १७ पुरुष र ९ महिला गरी कुल २६ जनाको परिणाम ‘पोजेटिभ’ आएको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ मा कार्यरत स्वास्थ्यकर्मी हरिशरण सापकोटाले जानकारी दिनभुयो । ‘पोजेटिभ’ आएका भारतका विभिन्न राज्यबाट नेपाल प्रवेश गर्नेछन् ।

फाइल तस्वीर

‘पोजेटिभ’ आएकाहरुलाई क्वारेन्टाइनका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाउने वा होम आइसोलेसनमा बस्ने गरी सम्बन्धित स्थानीय पालिकासँग समन्वय गरेर उहाँहरुको घरमा पठाउने गरिएको बताईएको छ । ओमिक्रोनको शंका भए  परीक्षणका लागि काठमाण्डौ केन्द्रिय प्रयोगशाला टेकुमा नमूना पठाउने गरिएको छ । भारतलगायत विश्वका विभिन्न मुलुकबाट आउने नेपालीहरुका लागि नाकामै खोप लगाउने एन्टिजेन परीक्षणको व्यवस्था मिलाईएको छ ।

मंगलबार ७० जनाले कोभिड १९ विरुद्घको खोपको सेवा लिइएका छन् । ५४ पुरुष र १६ जना महिलाले भेरोसिल, कोभिसिल र जन्सन एण्ड जन्सन खोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.