काँधमा हलो र जुवा बोकेर शुरु भएको पैदल यात्रा २८ दिनमा समापन

A notice in Nepali from Mechinagar Ward No. 10

२८ चैत, मेचीनगर : देशमा भइरहेको भ्रष्टाचारको बिरोधमा कैलालीका एक युवाले काँधमा हलो जुवाको प्रतिक बोकेर पश्चिम महाकालीदेखि पुर्व मेचीसम्म शुरु गरेको पैदल यात्रा सोमबार पुरा गरेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर— ४ खुरखुरीया निवासी देवराज उपाध्यायले चैत्र १ गते महाकालीको गड्डाचौकीबाट शुरु गर्नुभएको पैदल यात्रा सुदूर पूर्वको झापा जिल्लाको मेचीमा आएर समापन गर्नुभएको हो ।

पैदलयात्राी उपाध्यायले नेताहरुले जनतालाई गोरु बनाएको महसुस गरेकाले काँधमा हलो र जुवा बोकेर पैदल यात्रामा निस्किएको बताउनुभयो । उहाँले आउने चुनावमा हाम्रोलाई भन्दा राम्रोलाई जिताएर देशको दीर्घकालिन बिकास गर्नुपर्ने आग्रह गर्नुपनि आफ्नो पैदल यात्राको उद्देश्य रहेको बताउनुभयो । पैदल यात्री पाध्यायले संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने आफ्नो माग रहेको जिकिर गर्नुभयो ।

जमानादेखि नेपालमा बिदेशी सहयोग आएको भएपनि नेताहरुले भ्रष्टाचार गरेका कारणले देश बिकास हुन नसकेकाले एमसीसीमा समेत भ्रष्टाचार हुने भन्दै सम्झौता खारेज हुनुपर्ने आफ्नो माग उहाँको छ । यात्राको क्रममा बिभिन्न ठाउँमा स्थानीय, प्रहरी तथा व्यवसायीहरुले सामान्य सहयोग गरेको बताउँदै दैनिक ३५ किलोमिटर यात्रा गरेर २८ दिनका दिन यात्रा समापन भएको उहाँको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.