भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगितात्मक कविगोष्ठी

यस वर्षको भानु साहित्यिक पुरस्कार महाकवि प्रश्रितलाई

A notice in Nepali from Mechinagar Ward No. 10

२८ असार, मेचीनगर : २०९ औँ भानु जयन्तीको पूर्वसन्ध्यामा झापाको मेचीनगरमा मंगलबार प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले महाकवि मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यतामा कविगोष्ठी आयोजना गरेको थियो ।

प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ सम्पन्न गर्ने गरी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा प्रतिष्ठानका सदस्य सुभद्रा भट्टराई अर्यालको संयोजकत्वमा साहित्यकारहरु भुवन सुब्बा खरेल र जय आचार्य सदस्य रहेको तीन सदस्यीय कविगोष्ठी आयोजक समिति गठन गरेको थियो ।

प्रतिष्ठानका संरक्षक दुर्गाप्रसाद आचार्यको विशिष्ट आतिथि तथा प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको उपस्थितीमा भएको कविगोष्ठीमा झापासहित मोरङ्ग सुनसरी जिल्लाभरिका कवि कवियत्रिहरुले आ— आफ्नो रचना पाठ गरेका थिए ।

कवि गोष्ठीमा साहित्यकार गंगाप्रसाद अधिकारी र डिल्ली नेपाललाई निर्णयकको भूमिकामा हुनुहुन्छ । प्रतियोगिताका प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेले नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सवैको नाम बुधबार भोली भानु जयन्तीको अवसरमासार्वजनिक गरिने र पुरस्कार प्रदान गरिने कार्यक्रमको अध्यक्षता समेत गर्नुहुने नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा प्रतिष्ठानका सदस्य अर्यालले जानकारी दिनुभयो । कविगोष्ठीको आरम्भमा कवि जय आचार्यले भानुभक्तीय रचना वाचन गर्नुभएको थियो ।

देविभक्त श्रेष्ठ, हस्त परियार, प्रेम सिग्देल, गीता सुवेदी, देवेन्द्र खरेल,तुलसी भट्टराई, मीरा पोखरेल, आरती पोख्रेल, देशु वनेम, त्रिलोचन भण्डारी, बिन्दु दाहाल, विष्णु न्यौपाने, दिपा भट्टराई, कल्पना ओली, हिरण्य भट्टराई, लक्ष्मी ढुंगाना, राजेन्द्र अधिकारी, कमल दाहाल, ज्ञानेन्द्र ढुंगाना कृष्ण सुमार्गीलगयातले आ आफ्नो रचना पाठ गर्नुभएको थियो ।

कार्यक्रममा भानुभक्त आचार्यका काविता र काव्यकृतिको चर्चा गदैं यस्ता कार्यक्रमले भानुभक्तको सम्मान हुने बताएका थिए । कार्यक्रममा सहभागी स्रष्टाहरुले भानुभक्त नेपाली जातिका साझा कवि भएको भन्दै भानुभक्तको रामायणलाई आनुवाद मान्नु नहुने र त्यो कृति नेपाली साहित्यको मौलिक कृति भएको मूल्याकन गरे । समय समयमा यस्ता कार्यक्रम गरी नेपाली जातिको पहिचान रक्षा गर्ने बताईएको छ ।

असार २९ गते भानु जयन्तीका दिन प्रभातफेरी, काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको शालिक माल्यपर्णसहित मन्तव्य तथा पुरस्कार वितरण गर्दै कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

यस वर्षको भानु साहित्यिक पुरस्कार साहित्यकार महाकवि मोदनाथ प्रश्रितलाई प्रदान गरिने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा भानु साहित्यिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने नगद १ लाख १ हजार रुपैयाँ राशीको पुरस्कार भानु जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष उप्रेतीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.