रोभर रेञ्जर स्काउटको होली फेस्टमा झुमे विद्यार्थी (फोटो फिचर )

A notice in Nepali from Mechinagar Ward No. 10

२३ फागुन, काँकरभिट्टा : होलीको आवसरमा काँकरभिट्टा रोभर रेञ्जर ओपन क्रियूले होली फेस्ट २०७९ भव्यताका साथ मनाएको छ । मेचीनगरका ५ वटा विद्यालयका ८० जना स्काउट विद्यार्थीहरु सहभागी कार्यक्रम अरुणोदय आवासीयमा माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो । नेपाल स्काउट मेचीनगरका अध्यक्ष रीता थापाको प्रमुख आतिथ्यता संचालित कार्यक्रमको विशिष्ट अतिति राष्ट्रिय प्रशिक्षनक भूवन सुब्बा हुनुहुन्थ्यो । कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षक शिवानी देवान, सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राई, स्काउटर दुर्गाबहादुर लुइटेल, तत्कालिन रोभर रेञ्जरहरु अरुणकुमार प्रधान, डिल्लीकुमार काफ्ले, सुदास तामाङ्ग, सोम लुइटेल, अनिता गुरागाईं, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा फेस पेन्टीङ्ग, बेलुन ब्रष्ट, डोरी तान्ने खेल, नृत्य, लक्की ड्र, हेन्ड प्रिन्ट, एक्सन सङ्ग, फोटो बुथ जस्ता रमाइला खेलहरु प्रस्तुत गरिएको काँकरभिट्टा रोभर रेञ्जर क्रियूका सिनियर टिममेट आनन्द समशेर बोहोराले जानकारी दिनु भयो ।
रेन्जर प्रशंसा भूजेलको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन आनन्द समशेर बोहोराले गर्नुभएको थियो ।

फोटो फिचर :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.