सुर्तीजन्य पदार्थ नियन्त्रण गर्दै महानगर,सार्वजनिक स्थानमा धुमपान गरे सय रुपैयाँ जरिवाना

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ। महानगरपालिकाले पसलमा बिक्री गर्न राखिएका सुर्तीजन्य पदार्थ जफत गर्न थालेकाे छ ।
काठमाण्डाै महानगरले आज बिहीवारदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएकाे छ । प्रतिबन्ध लगाए पनि अनुगमनका क्रममा पसलमा सुर्तीजन्य पदार्थ राखेकाे पाइएकाे महानगर प्रहरीले जनाएकाे छ । महानगर प्रहरीले अनामनगर क्षेत्रम अनुगमनका क्रममा भेटिएका सुर्तीजन्य पदार्थ जफत गरेकाे छ ।

महानगरले सुर्तीजन्य पदार्थ बेचे/नबेचेकाे अनुगमनका लागि महानगरका चार वटा क्षेत्रमा १० जना गरी नगर प्रहरी र सादा पाेसाकमा प्रहरी परिचालन गरेकाे छ । महानगरले पसलमा अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएमा पसल नै बन्द गर्ने चेतावनी दिएकाे छ ।

सार्वजनिक ठाउँमा धुमपान गरेको पाइए त्यहाँबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिबाना गराउने पनि महानगरले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.