यात्रा जारी राख

A notice in Nepali from Mechinagar Ward No. 10

के सजिलो के अप्ठ्यारो
सबै उपस्थितिको कारणमा भर पर्छ,
के पाइयो के गुमाइयो
सबै वर्तमान परिस्थितिमा निर्भर हुन्छ !

सबैको जीवनकालमा एउटा “संघर्ष” रहन्छ !
त्यो संघर्ष नै हो जस्ले जीवन रोचक बनाउँछ !

स्वीकार गर तेसलाई !

पानी पर्यो भने नि यात्राक्रममा
ओत लाग्नु पर्छ,
नभएमा कुनै ओत यात्रा जारी राख्नु पर्छ,
ओतबाट निस्किएर हेर लक्ष्य त्यहीँ हुन्छ ,
रुझेउ भने ओत नपाउँदा यात्राको क्रममा
निरंतरता ले आङ सुकाइदिन्छ
अनि पनि लक्ष्य त्यहीँ हुन्छ !

तिम्रो कर्तव्य भनेको निरन्तर यात्रा कायम राख्नु हो
परिस्थिति आफै अनुकुल हुन्छ !

आश्वासनहरुले आशा भरिदिएको हुन्छ
त्यो पनि जरुरी हो जीवनमा वेग भर्न ,
कारणवस पुगेनभने त्यो आशीर्वाद आफू सम्म ,
निराशा छेउ पर्न दिनु हुदैन लक्ष्य छेक्न !

यात्रा त फेरि पनि निरन्तरता मै निर्भर हुन्छ !

थकाइ लाग्नु सामान्य प्रतिक्रिया हो,
विश्राम गरेर अघि बढ्न जान्नु पर्छ,
अबरोधहरु अनेक हुन्छन् गोरेटो हरुमा
बाधा हटाउन सक्नु पर्छ निवारण खोजेर !

“आसुले पिर पखाल्नु पर्छ
हिम्मत बगाउन दिनु हुदैन ”

निदान बिनाको समस्या हुदैन
समाधान खोज्न प्रयासरत रहनु पर्छ
यहाँ अहिले केही असजिलो, अपुग ,
कठिन, अत्यासलाग्दो भएपनि
अर्को खुड्किलोमा सुन्दर छ जीवन !
निराशालाई जितेर हेर
एक बादल पारी
उज्ज्वल छ जीवन !

विश्वास गर आफ्नो हिम्मतलाई
साधरण साधन पनि गतिलो सारथी बन्छ
लक्ष्य भेट्नलाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.