तिहार र छठमा विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी, लक्ष्मीपूजाका दिन १७०० मेगावाट माग हुने अनुमान

आन्तरिक उत्पादन २५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ भने अवरोध आए तत्काल मर्मत गर्न प्राविधिक टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय भवन

📌 मुख्य बुँदाहरू:

  • तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने नेपाल विद्युत् प्राधिकरणको अनुमान।
  • माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने र सो अवधिमा करिब दुई हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण।
  • पर्व अवधिभर विद्युत् आपूर्ति नियमित राख्न र गुनासो तत्काल सम्बोधन गर्न प्राविधिक टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको।

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको यस पर्वमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट हुने अनुमान गरेको छ। कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लक्ष्मीपूजाका दिन आवश्यक पर्ने विद्युत् आन्तरिक उत्पादनबाटै पर्याप्त हुने बताएका छन्। सो अवधिमा विद्युत् उत्पादन करिब दुई हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ। आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्ति सहज बनाउन कुनै समस्या नहुने प्राधिकरणको दाबी छ।

प्रणाली सञ्चालन र निर्देशन

पर्वको समयमा विद्युत् प्रणालीको नियमित सञ्चालन र आपूर्ति व्यवस्थापनका लागि कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको थियो। बैठकमा पर्वका समयमा विद्युत् आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको थियो। साथै, प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी आवश्यक जनशक्तिको परिचालनबारे समेत समन्वय गरिएको छ।

प्राविधिक टोली र गुनासो व्यवस्थापन

प्राधिकरणले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएको छ। विद्युत् आपूर्तिमा कुनै समस्या देखिएमा तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको छ। प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी रहेका कार्य तत्काल सम्पन्न गर्न पनि भनिएको छ। त्यसैगरी, विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाउन र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको छ। पर्व अवधिभर विद्युत्को माग तथा आपूर्तिको अवस्थाको नियमित अनुगमन गर्न सम्बन्धित विभाग र केन्द्रहरूबीच निरन्तर समन्वय गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.