‘बहुल राज्य भनेकाे शासनमा सबैकाे प्रतिनिधित्व हो ‘

A notice in Nepali from Mechinagar Ward No. 10

२२ जेठ, काठमाडौं : उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन्।

शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरुलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिदैँ उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल,पहाड, तराई र मधेशका जनताको सहभागिता हुनुपर्ने बताएका हुन्।

बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उनले उल्लेख गरे। बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उनले बताए।

‘बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन, बहुलता नै हुन्छ। बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय नभइ सबै हो । त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ। पहिचान हुनुपर्छ र यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

उनले भने, ‘जहाँजहाँ कमी कमजोरी छ। जहाँजहाँ विभेद छ। जहाँजहाँ एकल जातीय राज्य सञ्चालन गर्ने, एकल जातीय हिसाबले जहाँ प्रभाव परेको छ । त्यसलाई बहुलतामा लैजानुपर्छ। यो सबैको देश हो । राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.