राउटे बस्तीमा राहत वितरण निषेध

A notice in Nepali from Mechinagar Ward No. 10

३१ जेठ, सुर्खेत :  राउटे समुदायभित्र गएर कुनै पनि प्रकारको राहत वितरणमा प्रशासनले निषेध गरेकाे छ। कोरोना महामारी र राउटे समुदायमा भएको घटनाको संवेदनशीलतालाई ख्याल गरी बस्तीभित्र प्रवेश गरी राहत वितरण गर्ने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको हो।

राउटे समुदायका दुई युवतीहरूमाथि भएको दुर्व्यवहारको घटना र संवेदनशीलतालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महराले समुदायमा वितरण हुने राहतको उचित व्यवस्थापन गर्न विभिन्न दाताहरुबाट राउटे समुदायको लागि आउने राहतलाई एकद्वार प्रणालीमार्फत वितरण गर्नुपर्ने बताए।

उनले भने, ‘समुदायका लागि प्राप्त हुने सबै प्रकारका नगद तथा जिन्सी सामग्री कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मौज्दात गरी सोको व्यवस्थित अभिलेख राख्नेछ।’

गएको जेठ २४ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकको निर्णयबाट गठित सहजीकरण समितिले समुदायको लागि आवश्यकता पर्ने सामाग्रीको आँकलन गरी आवश्यकताअनुसार उक्त मौज्दातबाट उपलब्ध गराउने, दाताहरू आफै उपस्थित भई राहत उपलब्ध गराउन चाहेमा सोको अभिलेख सामाजिक विकास मन्त्रालयले राखी स्थानीय तह र सहजीकरण समितिको सदस्यको रोहबरमा मात्र बस्ती नजिक गई राउटे मुखियालाई उपलब्ध गराउनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.