प्रेरक प्रसंग : बाँदरको बगैंचा– पर्शुराम रिजाल

A notice in Nepali from Mechinagar Ward No. 10

पर्शुराम रिजाल

उहिले हाम्रो मधेशको एउटा गाउँमा आँपको ठूलो बगैंचा थियो। बगैंचा नजिक एउटा जंगल थियो। जंगलमा बाँदरको एउटा समूह बस्थ्यो। आँप खाने मौसममा तिनले हरेक वर्ष आँपको बगैंचामा डेरा जमाउँथे। बगैंचाका मालिकले पनि बाँदरबाट आँप जोगाउन पहरेदारहरु नियुक्त गर्थे । तिनीहरु हातमा गेटिस र मट्यांग्रा लिएर बगैंचाको गस्ती गरिरहन्थे। बाँदर देख्नासाथ उनीहरु निसाना साँदिहाल्थे। आँप खाने धुनमा रहेका बाँदरले आँप कम र मट्यांग्रा बढी भेट्थे। एकदिन बाँदरको सरदारले बाँदरको भेला बोलायो। सबै उपस्थित भइसकेपछि उसले भन्यो ‘ साथीहरु हामीले बगैंचामा पसेर आँप खान खोज्दा मानिसले हामीलाई मट्याँग्राले हानेर घाइते बनाइरहेका छन्। दिनभरि प्रयास गर्दा पनि हामीले पेटभर आँप खान पाइरहेका छैनौँ । उल्टै हाम्रै छोराछोरी आफन्त घाइते हुँदै गएका छन्। यसरी कतिन्जेल अरुको आँपको भर परिरहने ? अब हामीले आफ्नै आँपको बगैंचा बनाउनु पर्यो। ’ सबैले सरदारको भनाइको समर्थन गरे। सबैले रातको समयमा आँपको बगैंचामा पसेर एउटा एउटा कोया अनिवार्य रुपमा संकलन गर्ने र भोलिपल्ट बिहानै चउरमा खोस्रेर कोया रोप्ने निधो गरे। नभन्दै उनीहरुले राति नै कोया संकलन गरेर भोलिपल्ट बिहान चउरमा भेला भइ कोया रोपे।

यस्तो अनौठो दृश्य बगैँचाका मालिकले चासोपूर्वक हेरिरहेका थिए। उनलाई अनौठो पनि लागिरहेको थियो। दिउसोतिर बाँदरलाई आफूले रोपेको कोयाबाट विरुवा उम्रियो कि उम्रिएन भनेर हेर्ने रहर जाग्यो। सबै बाँदर चउरमा भेला भएर आफूले बिहान रोपेको कोया धमाधम निकालेर हेर्दा विरुवा नदेखेपछि निराश भै कोया त्यत्तिकै मिल्काएर उनीहरु जंगलतिर लागे। बगैंचाका मालिकले यो दृश्य पनि नियालिरहेका थिए।

उनले आफ्ना सबै कामदारसित भने, ‘देख्यौ ? आफ्नो मिहिनेतको फलमाथि विश्वास गर्ने धैर्यता भएन भने मान्छेको पनि हालत यिनै मूर्ख बाँदरको जस्तै हुनेछ।’

(नेपाली साहित्यमा निरन्तर कलम चलाउने रिजाल पेशाले शिक्षक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.