अबैधधन्दामा संलग्न भएको पुष्टि भए तत्काल निलम्बन गरी फौजदारी अन्तर्गत सख्त कारवाही गर्ने

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक इश्वरबाबु कार्कीको कडा निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा | १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक इश्वरबाबु कार्कीले सिमाक्षेत्रमा बढ्दो तस्करी र त्यसमा प्रहरीको समेत मिलेमतोको उजुरी बढ्न थालेपछि प्रदेश अन्तर्गतका दुईवटा जिल्लाभित्रका भारतीय सीमाक्षेत्रमा कार्यरत कार्यालय प्रमुख र उनका सहयोगीहरुलाई सीमाक्षेत्रबाट हुने अवैधधन्दा नियन्त्रणमा कडाई गर्न निर्देशन दिनुभएको छ । यदि कसैको मिलेमतो भएको पुष्टि भएमा तत्काल निलम्बन गरी फौजदारी अन्तर्गत सख्त कारवाही गर्ने भन्दैं उहाँले सचेत समेत गराउनुभएको छ ।

समाचार स्रोतका अनुसार मोरङ जिल्ला अन्तर्गतका कार्यालय प्रमुख र उनका सहयोगीहरुलाई प्रदेश प्रहरी कार्यालय र झापाकालाई विर्तामोडमा उपस्थित गराएर प्रहरी नायव महानिरीक्षक कार्कीले यस्तो निर्देशन दिनुभएको हो । कोभिड १९ को महामारीको समयमा सिमाक्षेत्रबाट भारतीयहरुको घुसपेट र प्रवेशसमेत भएको गुनासो बढ्न थालेको भन्दैं यस्लाई तत्काल नियन्त्रण गर्न झापा र मोरङजिल्लाका प्रहरी कार्यालयहरुलाई उहाँले निर्देशन दिनुभएको छ ।

तस्करीसँगको मिलेमतोलाई कारवाहीमा शुन्यसहनशिलताको नीतिलाई अवलम्बन गर्न, प्रहरी आचारण सुधार साथै प्रहरी आचार संहिता २०७७ को पूर्णरुपमा कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभएको छ । प्रहरी नायव महानिरीक्षक कार्कीले प्रदेश प्रहरी कार्यालयले सिमाक्षेत्रमा थप मद्घत समेत पठाएको, जसमा विशेषरुपमा झापा र मोरङ जिल्लाको सिमावर्तीक्षेत्रलाई उच्च प्राथमिकतामा राखेको, प्रदेश प्रहरी कार्यालयबाट प्रदेश प्रहरी प्रमुख स्वयम् आकस्मिक निरीक्षणमा पटक पटक सिमावर्ती इलाकामा पुगेर स्थानीयलगायत सर्वसाधारणसँग समेत सुचना संकलन गरेको तथा यस्तो मिलेमतो गर्ने प्रहरी कार्यालयहरुलाई समेत कारवाहीको दायरा बढाएको उहाँलाई उद्घृत गदैं समाचार स्रोतले जनाएको छ । सिमाक्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत फायल खडा गरे निगरानी तथा अनुसन्धान समेत कार्यालयले शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.