राहदानी विभागमा राहदानी बनाउनेको भीड

A notice in Nepali from Mechinagar Ward No. 10

१९ असोज, काठमाडौँ : पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ । बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा बस्नेको ताँती लाग्ने गरेको छ ।

कोभिड–१९ सङ्कटका कारण विदेश आवतजावत कम भएकाले विगतमा झन्डै दुई वर्ष राहदानी बनाउनेको सङ्ख्या निकै कम रहेको विभागले जनाएको छ । अब कोभिड खोप अभियान र कोभिडविरुद्धको सावधानी बढेसँगै अवस्था सहज बनेकाले पनि नयाँ राहदानी बनाउनेहरू बढेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताउनुभयो ।

उहाँका अनुसार वैदेशिक रोजगारीको अवसर र मार्ग दुवै खुलेकाले पनि राहदानी बनाउनेको भीड लागेको हो । उहाँले भन्नुभयो, “दशैँ आसपास प्रायः राहदानी बनाउनेको भीड नै हुन्छ, त्यसमाथि यस पटक कोभिड महामारीको बन्दाबन्दी पनि खुलेकाले बढी भीड देखिएको हो ।”

विभाग नयाँ विद्युतीय राहदानी नेपाल भित्र्याउने तरखरमा रहेका बेला मिति सकिएकै कारण पनि कतिपय नेपाली नागरिक बाध्यतावश हालकै अवस्थामा एमआरपी राहदानी बनाउन आएका छन् । आउनेमध्ये विदेशमा रहेका आफन्तको साथमा दशैँ, तिहार मनाउने उद्देश्यका साथ त्यता जान राहदानी तथा अन्य कागजपत्र बनाउन आउने गरेको उहाँले बताउनुभयो ।

पुरानो राहदानीको मौज्दात सकिनै लागेका बेला राहदानी बनाउनेको भीड बढेको हो तर भदौयता अझै करिब तीन लाख हाराहारीको मौज्दात रहेकाले समस्या नआउने विभागका प्रवक्ता राजेन्द्र पाण्डेले बताउनुभयो । उहाँका अनुसार मासिक ५० हजारकै दरले राहदानी जारी भए पनि पुग्ने अवस्था छ । कतिपयले पूरै म्याद नसकीकनै राहदानी बनाउन आउने गरेको उहाँ सुनाउनुहुन्छ ।
विगतका वर्षमा दशैँ तिहारअघि यति धेरै भीड लाग्ने गरेको थिएन । यस वर्ष भने निकै भीड लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दैनिक जारी गर्ने भनेको सात सय थान हाराहारीको राहदानी हो तर भीड भने दोब्बर हुने गरेको छ ।”

गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.