प्रदेश २ सभामा नाम र राजधानीसम्बन्धी प्रतिवेदन पेस हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२ माघ, जनकपुरधाम : प्रदेश २ सभाको बैठक केहीबेरमा बस्दैछ । बैठकमा राजधानी र नामाकरणसम्बन्धी अध्ययन गर्न सभामुख सरोजकुमार यादवको नेतृत्वमा बनेको विशेष समितिले प्रतिवेदन बुझाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालय सचिव रंजितकुमार यादवले जानकारी दिए ।

विशेष समितिमा पनि प्रदेश नामाकरण र राजधानीबारे सहमति जुटेको थिएन । सहमतिको संभावना टर्दै जाँदा प्रदेशसभामा मतदानको संभावना बढेको छ ।

सत्तारुढ जसपा, नेकपा माओवादी केन्द्र र प्रतिपक्षी लोसपा प्रदेशको नाम मधेश राख्नुपर्ने अडानमा छन् । प्रदेशसभामा कुल १०४ सांसद छन् । नाम र राजधानी पारित हुन दुई तिहाई बहुमतस्वरूप ७० सांसद चाहिन्छ । तर, यी तीन दलसँग ६३ सांसदमात्र छन् ।

सत्तारुढ नेपाली कांग्रेस मिथिला भोजपुरा नामको पक्षमा छ । सत्तारुढ नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले जानकी प्रदेश नाम प्रस्ताव गरेको हो ।

वीरगञ्जका केही सांसदबाहेक सत्तारुढ र प्रतिपक्ष सबै दल प्रदेशको राजधानी जनकपुरधाम तोक्न सहमत छन् । तर, प्रदेशको नाम टुंगो नलाग्दा जनकपुरधामलाई राजधानी तोक्न मधेश प्रदेशको नाम प्रस्ताव गरेका जसपा, लोसपा र माओवादी केन्द्र हिच्चकिचिएका छन् ।

विशेष समितिमा पनि सहमति नजुटेका कारण मतदान हुने भनिए पनि कसैको दुई तिहाई नपुग्दा राजधानी र नामको छिनोफानो अनिश्चित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.