शहीदको बलिदानले नै जनताको शासन स्थापित : प्रधानमन्त्री

A notice in Nepali from Mechinagar Ward No. 10

१६ माघ, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका छन् ।

शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले भनेका छन्, ‘आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौं, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ, तथा जे–जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौं त्यो सबै शहीदहरूको योगदानबाट नै सम्भव भएको हो ।’

शहीद दिवसले शहीदहरूले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिंड्न तथा उनीहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि प्रधानमन्त्री देउवाले गरेका छन् ।

उनले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासन विरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२/०६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन शहीदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको संघर्षमा घाइते भई स्वास्थ्य उपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.