आजदेखि मतदाता नामावली संकलन स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

२५ माघ, काठमाडौँ : सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति तोकिसकिएकाले अब अन्तिम मतदाता नामावली प्रकाशनको तयारीमा लाग्ने भएकाले नामावली संकलन स्थगित गरिएको बताए। उनले कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत काममा लाग्ने बताए।

सरकारले आगामी वैशाख ३० गते एकैपटक स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ। प्रवक्ता पौडेलका अनुसार अब चुनावमा भाग लिने दलहरूलाई दल दर्ताको आह्वान गरिने छ। आयोगले दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गर्नेछ। आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको उनले बताए।

आयोगले स्थानीयतहको निर्वाचनका लागि आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको हो। जसको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई माघभित्र आयोगमा पठाउन भनेको  छ। स्थानीय तह निर्वाचनका लागि आयोग र सुरक्षा निकयले सरकारसँग ३९ अर्ब रूपैयाँभन्दा बढी रकम मागेका छन्। २०७४ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी जेठ ६ गते सकिँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.