प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् हेरफेर (सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

२० असार, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा गएको तीन मन्त्री परिर्वतन भएको हो।

प्रधानमन्त्रीले नियुक्त गरेको  वन मन्त्रीमा प्रदीप यादव,  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंह कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन्।

जसपाबाट सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई भने कायमै राखेका छन्। नयाँ मन्त्रीलाई आजै शपथ ग्रहणको तयारी गरिएको जनाएको छ।

कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको थियो।

यसअघि एकीकृत समाजवादी पार्टीले पनि आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्री परिवर्तन गरेको थियो। ​

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.