जनतालाई आशावादी बनाउने समाचारलाई प्राथमिकता दिन सञ्चारमन्त्री शर्माको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

२४ वैशाख, काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।

आइतबार गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्नुहुँदै सकारात्मकततर्फ लैजान सञ्चारमाध्यमहरुको भूमिका आवश्यक रहेको बताउनुभयो ।

‘‘अहिलेको हाम्रो समाज अलि बढी नकारात्मक सोचबाट गुज्रिरहेको छ । सरकार, सत्ता सञ्चालन गर्नेहरुबाट जतिपनि कामहरु भएका छन्, नकारात्मक कामहरु, सकारात्मक कामहरुका विषयमा पनि गोरखापत्रले विशेष स्थान बनाउनुपर्छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘गोरखापत्रमा अहिले वर्तमान अवस्थामा सरकारले गरिरहेका जति पनि सकारात्मक कामहरु छन्, धेरै नै चर्चामा छन् । सकारात्मक कामहरुलाई व्यवस्थित ढङ्गले जनतासमक्ष पुर्‍याउनसक्ने हो भने जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य गर्दै आशावादी बनाउने काममा मिडिया क्षेत्रको महत्त्वपूर्ण भूमिका छ ।’’

मन्त्री शर्माले सरकार, सत्ता सञ्चालन गर्नेहरुबाट भएका कामहरुको बारेमा गोरखापत्रले विशेष स्थान बनाउनुपर्ने बताउनुभयो । उहाँले सकारात्मक कामहरुलाई व्यवस्थित ढङ्गले जनतासमक्ष पुर्‍याउनसके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य हुने औंल्याउनुभयो । उहाँले नागरिकलाई आशावादी बनाउन मिडियाको उल्लेखनीय भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विभिन्न सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, कानुन बनाउने प्रक्रियामा छौँ । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान हामी सबैको मागको विषय छ । यो आवश्यक छ भन्नेकुरा छ, मन्त्रालयले पनि आवश्यक महशुस गरेको छ, त्यसको स्थापनाका लागि आम सञ्चार प्रतिष्ठान ऐन हामीले पहिला पारित गर्नुपर्छ । यसको हामी करिब अन्तिम तयारीमा पुगेका छौँ । आमसञ्चार प्रतिष्ठान गठन गरेर यस क्षेत्रमा सबैको वृत्ति विकासमा हामी निरन्तर प्रयन्तरत छौँ ।’’

मन्त्री शर्माले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सरकारले पनि आवश्यक रहेको महशुस गरिरहेको र आम सञ्चार प्रतिष्ठान ऐन बनाउने अन्तिम तयारीमा सरकार पुगेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.