सर्वोच्चद्वारा ढाकाकुमारलाई गरिएको कारबाही सदर

A notice in Nepali from Mechinagar Ward No. 10

११ जेठ, काठमाडौँ : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीकी विन्दवासिनी कंसाकारलाई सांसदको शपथ लिने बाटो खुला गरेको छ।

सर्वोच्च अदालतले यसअघि उनलाई सांसद बनाउने निर्णय जहाँ पुगेको छ त्यही रोक्न आदेश गरेको थियो।

बुधबार न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलास पहिलाको आदेश निरन्तरता नहुने भनि निर्णय गरेको प्रवक्ता विमल पौडेलले बताए।

कंसाकारलाई रोक्ने उक्त आदेश बुधबारको इजलासले निरन्तरता नदिएपछि कंसाकारले सांसदका रूपमा शपथ लिने बाटो खुलेको हो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको टेप बाहिरिएपछि रास्वपाले छानविन गरी ढाकाकुमारलाई हटाएको थियो।

श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाएका थिए।

त्यसपछि रास्वपाले विन्दवासिनी कंसाकारलाई उनको ठाउँमा समानुपातिक सांसद बनाएको थियो।

रास्वपाको सिफारिसमा कंसाकारलाई निर्वाचन आयोगले सांसद निर्वाचित भएको प्रमाणपत्र दिइसकेको थियो।

निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएपनि सर्वोच्चको आदेशका कारण शपथ लिन पाएकी थिइनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.