ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए: बाबुराम भट्टराई

A notice in Nepali from Mechinagar Ward No. 10

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दु:ख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदिएको बताएका छन्।

नेकपाभित्रको विवादतर्फ लक्षित गर्दै भट्टराईले ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नुलाई उनले ‘आगो लगाएको’ रूपमा उल्लेख गरेका छन्। संघीयतामाथि नै खतरा उत्पन्न गराउन खोजिएकोमा पनि उनको चिन्ता छ।

‘एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो,’ आइतबार उनले ट्वीट गरेका छन्, ‘सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए।’

उनले घरझगडामा छिमेकी भने रमिते बनेको बताएका छन्।

‘केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्। छिमेकी रमिते! लौन आगो निभाऊॅ’ उनले भनेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदमको जसपाले विरोध गर्दै आइरहेको छ। प्रतिनिधि सभा अहिले पनि जिवन्त रहेको भन्दै जसपाले सभामुखलाई बैठक राख्नसमेत यसअघि भेटेर आग्रह गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.