नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाको काम धमाधम अघि बढ्ने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाको काम धमाधम अघि बढ्ने भएको छ  ।

नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनामा करिब एक दर्जन माग राख्दै पूरा नगरे निर्माण रोक्ने चेतावनी दिएका स्थानीय चौतर्फी टीकाटिप्पणी भएपछि पछि हटेका हुन् ।

चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले निर्माणमा कुनै अवरोध नगर्ने र आफूहरूले राखेका माग आयोजनाले बिस्तारै सम्बोधन गर्दै जानुपर्ने माग अघि सारेको नगरपालिकाका मेयर घनश्याम गिरीले बताए । ‘स्थानीयका मागबारे नगरपालिकामा छलफल गरिसकिएको छ,’ उनले भने, ‘दुवै पक्ष राख्दा कुरा नमिल्ला भनेर एक पक्षलाई मात्र राखेर छलफल गरिएको हो ।’

स्थानीयले सुरुङमाथिको जग्गा उपयोग गर्न पाउनुपर्ने,  सुरुङ खन्ने क्रममा ब्लास्टिङ गर्दा क्षति भए क्षतिपूर्ति दिनुपर्ने , आयोजनामा पर्ने अझै ६० घरको  उचित मुआब्जा दिनुपर्ने  ,खोला सुकेर सिँचाइमा समस्या भए आयोजनाले सघाउनुपर्ने , रोजगारीमा पहिलो प्राथमिकता स्थानीयलाई दिनुपर्ने लगायतका करिब एक दर्जन माग राख्दै आएका थिए  ।

सो सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा गरेका हुन् । ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाले १४ महिना बिताइसकेको छ । तर भौतिक प्रगति त्यति छैन । २ दशमलव ६८ किमि दूरीको सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब ऋण सहयोग र ६ अर्ब नेपाल सरकारको लगानी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.