पत्रकार जोखिममा रहने भएकाले निःशुल्क दुर्घटना बीमा गरेका हौँ : प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । पत्रकारको हक हित र स्वास्थ्य सुरक्षाका लागि विभिन्न योजना र उदाहरणीय काम गर्दै आएको नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क दुर्घटना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका दुई सय ६० जना पत्रकारहरुको एक वर्षे दुर्घटना बीमा गरिएको हो ।

मंगलबार अजोड ईन्स्योरेन्स कम्पनी सुन्धारा काठमाण्डौँमा ईन्स्योरेन्सका कार्यकारी प्रमुख कुमारबहादुर खत्री र युनियन सुनसरीका अध्यक्ष अधिकारीबीच सम्झौता भएको छ । सम्झौतामा एक वर्षसम्म बीमा गरेका पत्रकारको दुर्घटनामा मृत्यु भएमा ७ लाख र दुर्घटनामा घाईते भएमा ७० हजार सम्म प्रदान गरिने उल्लेख गरिएको छ ।

‘हामीले यसअघि कोरोना बीमा गरेका पत्रकारहरुको दुर्घटना बीमा गरिएको हो,’ अधिकारीले भने, ‘युनियन सुनसरीले विराटनगरको नोबेल अस्पतालसँग जिल्लाका पत्रकारको उपचारका लागि ५० प्रतिसत छुट गर्नेगरीको सम्झौता समेत भएको छ ।’ उनका अनुसार यसअघि कोरोना बीमा गरिएकामध्ये ३२ जनालाई संक्रमण भएको र ती मध्ये २२ जनाको जनही १ लाखका दरले पैसा आइसकेको छ । ‘२२ जनाको पैसा आइसेको र १६ जनाको हस्तान्तरण भइसकेको छ,’ उनले भने, ‘बाँकी ७ जनाको केही दिनमा एक कार्यक्रम गरी पैसा हस्तान्तरण गरिनेछ, अन्य दश जनाको आउने प्रक्रियामा छ ।’ उनका अनुसार यसअघि युनियन कार्यसमितिले पत्रकारहरुका लागि फुड बैँक समेत सञ्चालनमा ल्याएको थियो ।

फन्ट्रलाइनमा रहेर दैनिक फिल्डमा खट्ने पत्रकारहरु जोखिममा रहेकाले आँफूहरुले उक्त बीमाको कार्यक्रम ल्याईएको उनको भनाई छ । उनका अनुसार सुनसरीका दुई सय ६० जना पत्रकारले आफ्नो परिचय खुल्ने परिचयपत्र उपलब्ध गराएपछि बीमाको प्रक्रिया अगाडि बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.