आजदेखि टाइफाइडविरुद्धको खोप अभियान, ७५ लाख बालबालिकालाई लगाइने

A notice in Nepali from Mechinagar Ward No. 10

२५ चैत, काठमाडौँ : सरकारले आजदेखि अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रममा  सञ्चालन गर्दै छ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै  राष्ट्रिय खोप अभियानको सुरुवात गरे। शुक्रबारदेखि भने देशभरका बालबालिकालाई खोप लगाइने छ।

प्रधानमन्त्री देउवाले खोप हस्तान्तरण कार्यक्रममा बोल्दै कोभिडविरुद्धको खोप अभियानलाई सफल बनाए जस्तै गरी स्वास्थ्यकर्मीले टाइफाइड विरुद्धको अभियान पनि सफल बनाउनेमा आफू विश्वस्त रहेको बताए।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले टाइफाइडविरुद्धको २४ दिने खोप अभियानलाई कुनै पनि अवरोध नगरी सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए।

आगामी वैशाख १८ सम्म आयोजना हुने यस अभियानले १५ महिनादेखि १५ वर्षका  करिब ७५ लाख बालबालिका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको विश्वास छ।  बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्य लिएको छ। साथसाथै यस अभियानले बृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ।

देशभरिका ग्रामीण र शहरी क्षेत्रहरूमा ५० हजार भन्दा बढि विद्यालय केन्द्रित खोप केन्द्रहरूमा यो खोप लगाइनेछ। अभियान लगत्तै टाइफाइड खोप नियमित खोप कार्यक्रममा सामेल गरिनेछ जसले गर्दा १५ महिनाका बालबालिकाले नियमित यो खोप प्राप्त गर्नेछन्।

टाइफाइडबाट अधिक प्रभावित मुलुकहरुको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउँछ। टाइफाइड खोपको देशब्यापी सुरुवातले गर्दा १५ वर्षमुनिका बालबालिकाले निःशुल्क रुपमा यो खोप प्राप्त गर्नेछन्।

यस टाइफाइड खोप अभियानले १५ देखि २३ महिनाका बालबालिकाले अन्य खोप पनि पाए नपाएको निर्क्यौल गर्नेछ र सबै बालबालिका सबै प्रकारको खोप पाई सुरक्षित रहुन् भनि सुनिश्चित गर्न पनि मद्दत पुर्‍याउनेछ।

शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय नजाने बालबालिकाको पहिचान गरिनेछ भने स्थानीय प्रशासन र सामुदायिक स्वास्थ्यकर्मीहरूको सहयोगमा उनीहरूको हेरचाह गर्ने व्यक्तिहरूलाई यस खोपको महत्वका बारेमा सचेत गराई खोप केन्द्रहरूको बारेमा जानकारी समेत दिइनेछ। टाइफाइड रोग बाट बच्नका लागि सरसफाइको महत्वको बारेमा पनि यस अभियान मार्फत सचेतनाका कार्यक्रमहरु सञ्चानल गरिनेछ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्न सफल नेपाल चौथो मुलुक हो। यस अघि पाकिस्तान, लाइबेरिया र जिम्बावेले गाभी र यसका साझेदार संस्थाहरूको सहयोग प्राप्त गरिसकेका छन्।

ग्लोबल बर्डन अफ डिसिजेज अनालिसिस २०१९ का अनुसार नेपालमा कम्तिमा ८२ हजार ४ सय ४९ टाइफाइडका बिरामीहरु रहेको अनुमान गरेको छ, जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिका रहेका छन्। सोही अध्ययनमा ९१९ जनाको मृत्यु भएको आँकलन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.