प्रदेश अधिवेशन गर्न कांग्रेसका ७ नेतालाई जिम्मेवारी, कहाँ हुन्छ अधिवेशन?

A notice in Nepali from Mechinagar Ward No. 10

२८ कार्तिक, काठमाडौं : नेपाली कांग्रेसले सात प्रदेशमा पहिलोपटक पार्टी अधिवेशन गर्न लागेको छ।

यही मंसिर १६ र १७ मा सातै प्रदेशमा अधिवेशन हुनेछन्।

अधिवेशनका लागि सात जना नेतालाई जिम्मेवारी दिइएको छ।

आज बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा सात नेतालाई प्रदेश अधिवेशन मुल आयोजक समितिको संयोजक तोकेर अधिवेशन गर्ने जिम्मेवारी दिने प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले राखेका छन्।

जसअनुसार प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रदेश अधिवेशन आयोजक समितिका संयोजक तोकिएका छन्। प्रदेश अधिवेशन भने विराटनगरमा हुनेछ।

प्रदेश नम्बर २ मा रमेश रिजाल संयोजक र अधिवेशन जनकपुरधाममा हुनेछ।

यस्तै बागमती प्रदेशमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गर्ने र अधिवेशन हेटौंडामा गरिने भएको छ।

गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठको नेतृत्वमा आयोजक समिति बनेको छ भने पोखरामा अधिवेशन हुनेछ।

लुम्बिनी प्रदेशमा बालकृष्ण खाणले प्रदेश अधिवेशन गराउने जिम्मेवारी पाएका छन् भने अधिवेशन बुटवलमा हुनेछ।

साथै कर्णाली प्रदेशमा जीवनबहादुर शाहीको नेतृत्वमा आयोजक समिति बनेको छ भने अधिवेशन सुर्खेतमा हुनेछ।

सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ भने दिलेन्द्रप्रसाद बडु प्रदेश अधिवेशन आयोजक समितिका संयोजक छन्।

यी सात जना नेताको संयोजकत्वमा बनेको आयोजक समितिमा प्रदेश सभा संसदीय दलका नेता, प्रदेश सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलगायत समितिमा रहनेछन्।

कांग्रेसले संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो। केन्द्रीय महाधिवेशन भने कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने भएको छ।

साथै महाधिवेशनका लागि विभिन्न उपसमितिहरू गठन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पठाइएको छ।

महाधिवेशनका लागि अर्थ संकलनका लागि सञ्चार मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ।

भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेले जिम्मेवारी पाएका छन्। विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ।

प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा छन्। मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य छन्।

स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ। सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक छिन्। यी समग्र प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने हुन्छ।

साथै कांग्रेसले अबदेखि नीति र नेतृत्व महाधिवेशन फरक-फरक गर्ने तयारी गरेको छ। प्रवक्ता शर्माका अनुसार अहिले नेतृत्व महाधिवेशन गर्ने र अब आउने नेतृत्वले उचित समयमा नीति महाधिवेशन गर्नेबारे छलफल भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.