काठमाडौं : संसद विघटनविरुद्ध नेपाली कांग्रेसले बिहीबार देशभर नै प्रदर्शन गर्दैछ। ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन गर्न लागेको हो। प्रदर्शनसँगै आयोजित सभालाई विभिन्न नेताहरुले सम्बोधन गर्ने छन्।
वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल सभापति देउवाले आग्रह गरेका छन्। संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध एकमत भएको नेपाली कांग्रेसले जनाएको छ।
संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ।
























