समानुृपातिक नाम सिफारिस गर्न भदौ २० कांग्रेसको समय सीमा, बाहालवाला समानुपातिक उम्मेद्वारलाई पुनः सिफारिस गर्न नपाइने

A notice in Nepali from Mechinagar Ward No. 10

१० भाद्र, काठमाडौँ : सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको सिफारिस गर्न मापदण्डसहित मातहत कार्य समितिहरुलाई निर्देशन पठाएको छ ।

महामन्त्री गगन थापाले हस्ताक्षर गरेर पठाएको निर्देशनमा कम्तिमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्न भनिएको छ ।

सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न भनिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा भदौ १८ भित्र जिल्ला कार्य समितिबाट प्रदेश कार्य समितिमा पठाउनुपर्ने भनिएको छ ।

एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा पनि पनि भदौ १८ भित्र उम्मेद वारको नाम कार्य समितिमा पठाउन भनिएको छ । प्रदेश कार्य समितिले भदौ २० गतेभित्र आफ्नो राय समेत समावेश गरी केन्द्रमा पठाउनुपर्नेछ ।

कांग्रेसले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट निर्वाचित भएका व्यक्तिको नाम सोही कोटामा सिफारिस गर्न नपाइने भनेको छ ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.