कांग्रेस सभापति देउवा र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबीच भेटवार्ता

A notice in Nepali from Mechinagar Ward No. 10

८ साउन, काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य युयान च्याच्युन नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ।

धुम्बाराहीस्थित देउवा निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच दुई देशको द्विपक्षीय हितका विषयमा छलफल भएको कांग्रेसका एक नेताले बताए।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा युयान २६ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार बिहान काठमाडौं आइपुगेका थिए। उनी नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, इटालीमा रहेका प्रधानमन्त्रीसँग भर्चुअल सम्बाद र सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए।

चिनियाँ टोलीले भोलि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। कम्बोडिया भ्रमणमा रहेका ओली आज नेपाल आइपुग्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.