प्रदेश १ सरकारको तेस्रो वार्षिकोत्सव कांग्रेस र प्रचण्ड माधव समूहद्वारा बहिस्कार

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ ।

सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ । वार्षिकोत्सवमा प्रचण्ड माधव समूह सहभागी भएन । प्रचण्ड माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए । ‘सरकारको वैधता सकिएको छ,’ उनले भने, ‘वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्य ठानेनौं ।’

वार्षिकोत्सवमा नेपाली कांग्रेसले पनि सहभागिता जनाएको छैन । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले पार्टीको कार्यक्रम भएकाले सहभागी नभएको बताए ।

संसद् छल्दै हिँडेका कारण पार्टीकोतर्फबाट सहभागिता नभएको उनको भनाइ छ । ‘खबर आएको थियो तर जान आवश्यक ठानेनौं,’ उनले भने, ‘पार्टीको कार्यक्रम पनि छ । सरकार संसद छल्नतर्फ लागेको छ ।’

तर कांग्रेसबाट सांसद विन्दिया कार्की भने सो कार्यक्रममा सहभागी भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.