ओली र दाहाल दुबैले कार्यकर्तालाई चुनावको तयारी थाल्न निर्देशन : एकअर्कालाई घोचपेच

A notice in Nepali from Mechinagar Ward No. 10

८ असोज, काठमान्डाैं : प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै दुवै दलका नेताले कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार फरकफरक स्थानमा दिएका अभिव्यक्तिले यी दुवै दल निर्वाचनबारे चिन्तित हुन थालेको संकेत गरेको छ।

दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेका एमाले अध्यक्ष ओलीका हरेक अभिव्यक्ति चुनावमय हुने गरेका छन्। उता माओवादी अध्यक्ष दाहालका अभिव्यक्ति पनि चुनाव केन्द्रित भएर आउन थालेका छन्।

एमाले अध्यक्ष ओलीले देशव्यापी रूपमा संगठन निर्माणका क्रममा आगामी निर्वाचनमा बहुमत ल्याउने दाबीसहित अभिव्यक्ति दिइरहेका बेला बिहीबार माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि जनवर्गीय संगठन वाइसिएलको कार्यक्रममा निर्वाचन केन्द्रित अभिव्यक्ति दिए।

बिहीबारको कार्यक्रममा ओलीले सबै विकास निर्माणको स्वरूप आफ्नो सरकार भएका बेला तयार पारेकाले वर्तमान सरकारले स्विचमात्रै थिच्ने काम गरेको दाबी गरे। यस्तो कामले वर्तमान सरकारको कुनै अस्तित्व नहुने उनको जिकिर थियो।

विकास निर्माणदेखि सबै कार्यले गर्दा अन्य दलहरू आफ्नो पार्टीको छेउमा कम्मरमुनि मात्रै आउने दाबीसमेत उनले गरे। ‘यत्तिकै लिरिखिरी पाराले एमालेसँग लड्न सक्दैनौ। मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने धाक किन लगाउनु। एमालेविरुद्ध केके न गरेको भन्छन्।

एमालेलाई खुब नोक्सान पारेको भन्छन्। तर सबै मिल्दा पनि कति छन् रु हाम्रो कम्मर–कम्मरआइपुग्छन्, त्यत्ति न हो’, ओलीले भने। उनले गठबन्धन मिलेर आए पनि एमाले एक्लै निर्वाचनमा जान सक्षम रहेको दाबी गरे।

उता माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि अबको निर्वाचन २०६४ को जस्तै बनाउनुपर्ने भन्दै वाइसिएललाई त्यसै अनुसार तयारी गर्न निर्देशन दिए। ‘मतपत्रको बाकस साट्ने, पुलिस कर्मचारी प्रयोग गरेर जित्न खोज्नेलाई लखेट्नुपर्छ। हामीले त्यो बेला कति गरेका थियौं, तपाईंहरूले कति गर्नुभयो २०६४ मा। गर्नुपर्ने पनि गरियो, नगर्नुपर्ने पनि गरियो र पो जितियो।

अब पनि त्यही परिस्थिति निर्माण हुँदैछ नत्र गुन्डाहरूले जे पनि गर्नेछन्’, दाहालले भने। त्यही क्रममा उनले आफूलाई सच्याएर रूपान्तरण हुने जनाए। ‘पहिला म सच्चिनुपर्छ, मेरो रूपान्तरण हुनुपर्छ त्यसकारण म आफैं सच्चिँदै छु’, दाहालले भने। यति बेला ओली र दाहाल एकअर्कालाई गाली गर्न व्यस्त देखिएका छन्। ओलीले दाहालका विरुद्ध विष बमन गर्ने र दाहालले ओलीका विरुद्ध विष बमन गर्ने क्रम

बढिरहेको छ।

नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.