प्रदेश १ सरकारको नीति तथा कार्यक्रम : स्वास्थ्यलाई प्राथमिकता, सासु-बुहारी सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

२७ जेठ, विराटनगर : प्रदेश १ सरकारले सासु-बुहारी सम्मानको नीति बनाएको छ । आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले सासु–बुहारी सम्मान तथा पुरस्कारको नीति बनाएको हो ।

ज्येष्ठ नागरिकका लागि प्रदेश प्रमुख ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको सरकारले ज्येष्ठ नागरिक तीर्थाटन, स्वास्थ्य उपचारसँगै दुर्गम भेगमा रहेर समाजमा योगदान पुर्‍याएका आमालाई सम्मान गर्न राष्ट्रपति आमा सम्मान, सासु–बुहारी सम्मान तथा पुरस्कार कार्यक्रम सञ्चालन गर्ने नीति लिएको हो ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेशले आगामी आर्थिक वर्ष मेरो कृषि मेरो पौरख अभियान सञ्चालन गर्ने भएको छ । जमिन बाँझो नराख्ने नीति अनुसार सबै जमिनमा कृषि गर्नका लागि प्रोत्साहन गर्ने नीति लिएको छ ।

स्थानीय तहसँगको सहभागितामा सिँचाई पूर्वाधार र शीतभण्डार सञ्चालन गर्ने लक्ष्य लिएको छ । बिउ तथा बेर्ना आपूर्तिका लागि प्रोत्साहन गर्ने नीति पनि प्रदेश सरकारले लिएको छ । प्राङ्गारिक खेतीका लागि संस्थागत विकास गर्ने तथा मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै मेची अस्पताललाई २ सय बेडको बनाउने नीति लिएको छ । धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय बेड र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० बेडमा स्तरोन्नति गर्ने सरकारको लक्ष्य छ ।

माध्यमिक विद्यालयमा किशोर–किशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौन शिक्षा प्रदान गर्ने नीति लिएको सरकारले विद्यालयहरुमा स्काउट गठन गर्ने उल्लेख गरेको छ । यस्तै सडक, पुल निर्माणसँगै मोरङको पथरीमा महासंग्रहालय निर्माण गर्ने नीति पनि प्रदेश सरकारले लिएको छ ।

प्रदेशका ६२ बहुवर्षीय सडक योजना, ७ वटा प्रादेशिक विशेष सडक आयोजना ८७ वटा मुख्यमन्त्री ग्रामीण कृषि सडक, १२८ बहुवर्षीय सडक पुल निर्माण, ११५ झोलुंगे पुल निर्माण चाँडै सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.