अविश्वासको प्रस्ताव फिर्ता लिदै झापाका तीन प्रदेश सांसदहरुओली पक्षमा

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, माघ ६ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्द अविश्वासको प्रस्ताव राख्दै प्रचण्ड नेपाल पक्षमा रहेका प्रदेश सांसदहरु ओली पक्षमा समर्थन गर्ने  भएको छन्  ।  झापाका  तीन  प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र जसमाया गजमेरले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई समर्थन गर्ने निर्णयमा पुगेका हुन् ।

तीनै जना सांसदहरुले यस अघि मुख्यमन्त्री राई विरुद्द  दर्ता गराइएको अविश्वासको प्रस्तावमा गरेको समर्थन सोमबार  फिर्ता लिएको सांसद बुढाथोकीले एक संचार माध्यमलाई  जानकारी दिनु भयो । पछिल्लो समयमा पार्टी एक हुनुपर्ने धारणा राख्दै  आएका प्रदेश सांसदहरु नेकपाका वरिष्ठ नेता बामदेव गौतमको समेत  समर्थनमा  रहेका थिए ।

मेचीनगरका स्थानीय सांसद मैनाली र बुढाथोकी क्रमशःझापा क्षेत्र न १ (क) र (ख) बाट निर्वाचित सांसद हुन भने बिर्तामोड निवासी गजमेर समानुपातिक सांसद हुनुहुन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.