२ जेठ, काठमाडौँ : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आठ हजार भन्दा बढी मत प्राप्त गरेका छन्।
सोमबार साँझसम्मको मतपरिणाम अनुसार बालेनले ८ हजार ३७ मतसहित अग्रता लिएका छन्। त्यस्तै नेकपा एमालेका केशव स्थापितले ४ हजार २५९ मत प्राप्त गरेका छन्।
गठबन्धनकी उम्मेदवार सिर्जना सिंह ३ हजार ७०३ मतसहित तेस्रो स्थानमा छिन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले ५२९ मत पाएका छन् ।


























