झापा । चार लाख ९० हजार बढीलाई परिचयपत्र वितरण गर्ने उद्देश्य राखेर शुरु गरेको झापामा आधाभन्दा बढीले लिइसकेको बताइएको छ । पन्ध्र स्थानीय तहमध्ये झापाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसताक्षी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् ।
अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, दमकमा ३२ हजार ६९९, विर्तामोडमा ३४ हजार ४७१ कन्काइमा २६ हजार ३४८ ले परिचयपत्र लिइसकेका छन् ।
अब मेचीनगर नगरपालिका, बुद्ध शान्ति र कमल गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता अभियान शुरु भइसकेको छ । यी तीनवटा पालिकाको कार्य सम्पन्न पश्चात स्टेशनलाई अन्यपालिकामा सार्ने र झापाका १५ वटै पालिकामा राष्ट्रिय परिचय पत्रका लागि आवश्यक पर्ने विवरण दर्ता अभियान सम्पन्न हुनेछ । यो कार्य यस अघिनै सम्पन्न गर्ने भनिए पनि नोवल कोरोना भाइरस कोभिड १९ का कारण समयमै सम्पन्न गर्न नपाएको झापाका प्रमुख जिल्ला अधिकारी श्रावण कुमार तिम्सिनाले जानकारी दिनुभएको छ ।झापापछि टोली मोरङ जाने बताइएको छ ।
























