माधव नेपाल पक्षका केन्द्रीय नेताहरु चन्द्रागिरीमा

A notice in Nepali from Mechinagar Ward No. 10

७ भाद्र, काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चन्द्रागिरी हिल्स रिसोर्टको कोठा बुक गराएका छन्। नेकपा एमालेबाट विभाजन भएपछि नयाँ पार्टी सनाखतका लागि निर्वाचन आयोगले बुधबार बोलाएकाले छलफल गर्न आफूनिकट नेताहरू राख्न उनले रिसोर्ट बुक गराएका हुन्।

करिब सय जना अट्ने गरी रिसोर्ट बुक गरिएको एक नेताले बताए। ती नेताले भने, ‘नयाँ पार्टीको विषयमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न यहाँ बस्न लागेका हौँ। माधव नेपाल पनि यहीँ आइसक्नुभएको छ।’

नेताहरू दायाँबायाँ हुनसक्ने भएकाले निर्वाचन आयोग जानुअघि सोही ठाउँमा बस्ने तय भएको स्रोतको दाबी छ। नेता नेपालले आजै (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए।

पार्टी विभाजनका बेला नेता नेपाल समूह छाडेर मध्यमार्गी बनेका नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेका छन्। विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर अघि बढ्ने गरी उनीहरूले सहमति गरेका हुन्।

अध्यक्ष ओलीले नेपाल समूह पार्टी दर्ता प्रक्रियाबाट फिर्ता भए कारबाही रोकिने प्रतिबद्धता जनाएको नेता योगेश भट्टराईले बताएका छन्। अध्यक्ष ओलीले नेपाल समूह छाडेका नेताहरू उपस्थित हुनेगरी मंगलबार ११ बजे स्थायी कमिटी बैठक बोलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.